Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से परिसूचक सामान्य घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ अङ्कले घटेर एक हजार ३८१.३८ पुगेको छ ।

सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले घटेर २८९.५५ मा पुगेको छ । आज १८६ कम्पनीका २३ लाख ४१ हजार ७४६ कित्ता शेयर रु ९२ करोड नौ लाख ९७ हजार ५६ मा खरिदबिक्री भएको स्टकले जनाएको छ ।

कारोबार भएका कुल १२ मध्ये छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077