Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उद्योग वाणिज्य महासंघको साधारणसभा मोडालिटी १५ दिनभित्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति बैठकले पदाधिकारीले गरेको साधारणसभा सम्बन्धि निर्णय अनुमोदन गरेको छ । गत साउन ८ गतेको पदाधिकारी बैठकले सरकारले सभा, सम्मेलन गर्न दिएको १५ दिनभित्र साधारणसभा गर्ने गरी स्थगित गरेको थियो । यस्तै साधारणसभाको मोडालिटी बारे अध्ययन गर्न गठन गरिएको ६ सदस्यीय समिति गठन गर्ने निर्णयलाई पनि कार्यसमितिले अनुमोदन गरेको छ ।

साधारणसभा सार्ने पदाधिकारीको उक्त निर्णय कार्यसमितिबाट नगरिएको भन्दै विरोध हुँदै आएको थियो । बुधबार बसेको कार्यसमिति बैठकले पदाधिकारीको दुबै निर्णय अनुमोदन गरेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

सरकारले सभा, सम्मेलन गर्न खुला गर्न समय लाग्ने भएमा महासंघको साधारणसभा कुन मोडालिटीमा गर्न सकिन्छ भन्ने बारेमा उक्त समितिले १५ दिनभित्र सुझावसहितको प्रतिवेदन दिने अध्यक्ष राणाले बताइन् । “पूर्वअध्यक्षहरुसहितको पदाधिकारी बैठकले गरेको निर्णय कार्यसमितिले अनुमोदन गर्‍यो” उनले भनिन्, “मोडालिटीबारे अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।”

समितिमा कार्यकारिणी सदस्यहरु रञ्जित आचार्य, विनोद ढकाल, अरुण सुमार्गी, डीबी बस्नेत, सुनिलगोपाल श्रेष्ठ र भरत आचार्य छन् ।कोरोना संक्रमणका कारण पटक पटक स्थगित हुँदै आएको महासंघको साधारणसभा विद्युतीय माध्यमबाट समेत गर्न सकिने गरी महासंघले छलफल थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077