Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किर्ते मिलापत्र बनाउने अधिवक्ताको लाइसेन्स खारेज

काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्को अनुशसन समितिले अधिवक्ता पुण्यप्रसाद गौतमको लाइसेन्स खारेज गरिदिएको छ ।

सोमबार बसेको समितिको बैठकले गौतमको लाइसेन्स खारेज गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी दिईएको छ । कारवाहीमा परेका गौतम सर्वोच्च अदालतबाटै किर्तेमा दोषी ठहर भएका थिए।

मिलापत्रमा किर्ते गरेको पाइएपछि ललितपुर जिल्ला बार इकाइका सदस्य समेत रहेका अधिवक्ता गौतमको लाइसेन्स खारेज गरिएको हो ।
एक मिलापत्रमा किर्ते गरेको पाइएपछि अनुशासन समितिले उनको अविधक्ता भएर प्राप्त गरेको प्रमाणपत्र खारेज गरेको हो।

नैतिक पतनदेखि नै फौजदारी कसुर गरेको ठहर भएकाले उनको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरिएको अनुशासन समितिका सदस्य बोर्णबहादुर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077