Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काेराेना कहर: सीमा नाका पूर्ण रुपमा बन्द गर्दै प्रशासनले निकाल्याे यस्ताे सूचना

सिरहा । सिरहाका विभिन्न स्थानमा लाग्दै आएको हाटबजारमा स्थानीय प्रशासनले रोक लगाएको छ । हाटबजारमा हुने भीडभाड र चहलपहलका कारण कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजारमा रोक लगाएको हो ।

शहर बजार तथा ग्रामीण भेगमा भीडभाड र चहलपहल बढ्ने गरेकाले सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी हाटबजार नलगाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । अत्यावश्यक काम नपरी बजार तथा हाटबजार नआउन आग्रह गर्नुहुँदै प्रजिअ कँडेलले बजार तथा कार्यालय जानै परे अनिवार्य रुपमा मास्क लगाउन र भौतिक दूरी कायम गर्नुपर्ने बताए।

साथै कृष्णजन्माष्टमी, रक्षाबन्धनलगायत विभिन्न चाडपर्वका बेला जिल्लाका विभिन्न मन्दिर तथा धार्मिकस्थलमा हुने मेला, महोत्सवसमेत नगर्न आग्रह गर्नुहुँदै प्रजिअ कँडेलले घरमै बसेर चाडपर्व मनाउन आग्रहसमेत गरे ।

छिमेकी सप्तरी र धनुषालगायत जिल्लामा तीव्र रुपमा कोरोना सङ्क्रमण फैलिन थालेपछि जोखिम बढ्ेकाले सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रियाजस्ता कार्यक्रम नगर्न जिल्लाका १७ वटै स्थानीय तहलाई पत्राचार गरी आग्रह गरिएको प्रजिअ कँडेलले बताए।

भारतीय सीमा क्षेत्रमा लुकीछिपी भइरहेको प्रवेशमा कडाइ गरिएको बताउँदै प्रजिअ कँडेलले भारतीय बजारबाट आउने जाने क्रम बढ्ेको गुनासो आएपछि सीमा नाका पूर्ण रुपमा बन्द गर्न कडा निर्देशन दिइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077