Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तारानाथ अधिकारी अख्तियारको नयाँ प्रवक्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त गरेको छ । अधिकारीलाई आजैको मितिदेखि लागू हुनेगरी प्रवक्तामा नियुक्त गरिएको आयोगले जनाएको छ ।

प्रवक्तासँग सम्पर्कका लागि आयोगले टेलिफोन नम्बर ०१–५२६२१७७ वा मोबाइल नम्बर ९८५१२३३२८१ मा सम्पर्क गर्न आयोगले आग्रह गरेको छ ।

हालका प्रवक्ता प्रदीपकुमार कोइरालाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएसँगै ४ नम्बर महाशाखा प्रमुख अधिकारीलाई प्रवक्तामा नियुक्त गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077