Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भट्टराईले भने- ओलीकाे बेलगाम हर्कतले देश गम्भीर संकटतिर

काठमाडाैं। जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीकाे बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेकाे बताएका छन्।

भट्टराईले शनिबार ट्विट गर्दै यस्ताे बताएका हुन्।

उनले लेखेका छन्, 'कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातीय/धार्मिक द्वेष, राज्यका अंग.! स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए, चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो? नेकपा किन अलमलमा? संसदबाटै संकटमोचन किन हुन्न?'

उनले नेकपाकाे विवादका बारेमा टिप्पणी गर्दै नेकपा किन अलमलमा परेकाे भन्दै प्रश्न गरेका छन्। नेता भट्टराईले संसदबाटै समस्याकाे समाधान खाज्नुपर्ने बताएका छन्।

https://twitter.com/brb1954/status/1284289608289619968?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1284289608289619968%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fnepallive.com%2Fstory%2F222069

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077