लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतको ५ जी नेटवर्कबाट हुवावेलाई प्रतिबन्ध लगाएका छन् । उनले सन् २०१७ सम्म हुवावेलाई ५जीबाट पूर्णरुपमा आफ्ना उपकरण हटाइसक्न निर्देशन दिएका छन् ।
चीनलाई आक्रोशित बनाउने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्ने किसिममा मंगलबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हुवावेलाई प्रतिबन्ध लगाएका हुन् । यसले पश्चिमा मुलुकहरुमा विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण भएको हुवावेलाई स्वागत नगरिने संकेत गरेको छ ।
यसअघि अमेरिकाले बेलायती प्रधानमन्त्री जोन्सनलाई हुवावेलाई ५ जीमा सीमित भूमिका दिन जनवरीमै आग्रह गरेको थियो । तर, पछिल्लो समय चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेर बेलायतसँग हङकङलाई चीनको जिम्मा लगाउँदा भएको सम्झौताको उल्लंघन गरेको आक्रोशमा हुवावेमाथि प्रतिबन्ध गरेको हो ।
त्यसैगरी कोरोना भाइरसका विषयमा चीनले सत्य कुरा नखोलेको भन्दै बेलायतले यसअघि नै आक्रोश व्यक्त गरेको थियो ।
अमेरिकाले हुवावेले पश्चिममा जासुसी गरिरहेको आरोप लगाएसँगै बेलायतले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनसँग हुवावेलाई प्रतिबन्ध लगाएर आर्थिक जोखिम मोलेको छ ।
मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठकको अध्यक्षतामा भएको बैठकमा हुवावेको विषयमा छलफल भएको थियो ।
Leave a Reply