Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • टोल–टोलमा मन्त्री भट्टराईको बद्नाम गर्ने यी को हुन् ?

    टोल–टोलमा मन्त्री भट्टराईको बद्नाम गर्ने यी को हुन् ?

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । तारागाउँ विकास समितिको अध्यक्षमा नियुक्त भएका प्रल्हादप्रसाद न्यौपानेमाथि सस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको नाम लिंदै विभिन्न व्यक्तिहरुसँग नियुक्ति र ठेक्का दिलाउने भन्दै करोडौं करोडको वार्गेनिङ गर्दै आएको आरोप लागेको छ ।

    नेपाल प्रहरीका पूर्व भगौडा असई न्यौपानेले मन्त्री भट्टराईको छवीमा गम्भिर आघात पुग्ने खालको कृयाकलाप सञ्चालन गरिरहेको नेकपाकै कार्यकर्ताहरु बताउँछन् । ह्यात रिजेन्सी होटलले तारागाउँ विकास समितिको १५० रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गरेको विषयमा संसदको अन्तर्राष्ट्रिय समितिले चासोका साथ छानविन गरेको थियो ।



    समितिले वर्तमान सभामुख अग्निप्रसाद सापकोटाको संयोजकत्वमा संसदीय छानविन उपसमिति गठन गरी ह्यात होटलले गैरकानुनी रुपमा दर्ता गरेको १५० रोपनी जग्गा तत्काल नेपाल सरकारका नाममा फिर्ता गर्न निर्देशन दिएको थियो । र, तारागाउँ विकास समितिले ह्यात होटलमा लगानी गरेको ३९.९ प्रतिशत सेयरबापतको १४८ रोपनी जग्गाको हिसावकिताव पारदर्शी गराउन निर्देशन दिएको थियो ।



    ह्यात होटलले सरकारको १४८ रोपनी जग्गावापतको ३९.९ प्रतिशत सेयर वर्षैपिच्छे होटल घाटामा देखाएर ९ प्रतिशतमा झारिसकेको छ । होटलमा कृतिम नोक्सान देखाई सरकारको सेयर हडप्ने कार्य भएकाले सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्न संसदीय समितिले निर्देशन दिएको थियो । तर, पर्यटन मन्त्रालयले जग्गा फिर्ता गर्ने र होटलको डीडीए गर्नेतर्फ चासो नै देखाएको छैन । उल्टै ह्यात होटलको डिजाइन र प्रभावमा परी पूर्व भगौडा असई न्यौपानेलाई समितिको अध्यक्षमा नियुक्ति गरिएको छ ।

    केपी शर्मा ओली सरकारको सबैभन्दा ठूलो कार्यमध्येको ह्यात होटलले हडपेको जग्गा फिर्ता गर्ने पनि हो । तर, संसदिय समितिले निर्देशन दिएको दुई वर्षसम्म पनि ओली सरकारले होटलको जग्गा फिर्ता गर्ने र डीडीए गरी आफ्नो सेयर पुर्ववत कायम राख्ने कार्य अगाडि बढाउन सकेको छैन ।

    ह्यात होटलका सञ्चालक दिनेशलाल र सुरेशलाल श्रेष्ठको प्रभावमा परी सरकारले जग्गा फिर्ता गर्ने कार्य अगाडि बढाउन सकेको छैन । तारागाउँ विकास समितिमा श्रेष्ठद्धयकै मतियार न्यौपानेलाई नियुक्ति गरी १० अर्ब भन्दा बढिको सरकारी जग्गा ह्यात होटललाई हडप्ने छुट दिइएको छ ।

    न्यौपानेले सञ्चालक श्रेष्ठद्धयसँग करोडौं घुस डिल गरिरहेको होटलकै एक कर्मचारी बताउँछन् । सरकारले जग्गा फिर्ता नगर्ने र डीडीए पनि नगर्ने शर्तमा न्यौपानेले घुस रकम डिल गरिरहेको ती कर्मचारीको भनाई छ । न्यौपानेमाथि तारागाउँ विकास समितिको स्वामित्वमा रहेको न्यूरोडको रमा गृहमा व्यापारिक कम्प्लेक्स निर्माण गरेका चाँगेस्थान निर्माण सेवाका काजी शेर्पासँग पनि आधा करोड घुस लिएको आरोप लागेको छ ।

    उक्त व्यपारिक कम्प्लेक्स महानगरपालिकाको स्वीकृती वेगर मापदण्ड विपरित बहुतल्ला निर्माण गरिएको छ । न्यौपानेले महानगरपालिकाबाट पनि नक्सा पास गराईदिन्छु भनी शेर्पासँग रकम असुलेको शेर्पा निकट स्रोत बताउँछ । यस्तै घटनाहरुका कारण मन्त्री भट्टराईका नाममा न्यौपानेले चोक–चोक र गल्ली–गल्ली दलाली गर्दै हिडेको देखिन्छ ।

    असार १४ गते नेपाल वायु सेगा निगमको बार्ड सदस्यमा नियुक्त भएका फूर्वा ग्लाल्जेन शेर्पासँग पनि न्यौपानेले नै घुसको डिल गरेको स्रोत बताउँछ । स्रोतका अनुसार न्यौपानेले आधा करोड रकम नियुक्ति अघि र नियुक्ति पछि गरी दुई किस्तामा डिल गरेका थिए । शेर्पाले नियुक्ति अघिको रकम दिए पनि पछिको रकम नदिंदा न्यौपाने ताकेतामै व्यस्त छन् । शेर्पा नेपाली कांग्रेस निकट व्यवसायी हुन् । अल्टिच्यूड एयरका सञ्चालक शेर्पालाई नियुक्ति गरिएकोमा नेकपा निकट पर्यटन व्यवसायी रुष्ट भएका छन् ।

    न्यौपानेले पशुपति विकास कोष, बौद्ध क्षेत्र विकास समितिदेखि विभिन्न निकायमा नियुक्ति गर्ने भन्दै विभिन्न व्यक्तिसँग पैसाको डिल गरिरहेको पनि खुलेको छ । मन्त्री भट्टराईबाट जस्तासुकै काम पनि गराउन सक्ने भन्दै न्यौपानेले रकम बार्गेनिङ गर्ने गरेको स्रोत बताउँछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार