Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना प्रभाव : कुल गार्हस्थ उत्पादनमा सोचे भन्दाबढी क्षति

    कोरोना प्रभाव : कुल गार्हस्थ उत्पादनमा सोचे भन्दाबढी क्षति

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड–१९ का कारण नेपालको कुल गार्हस्थ उत्पादनमा करिब १ खर्ब ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

    संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको सोमबारको बैठकमा आगामी मौद्रिक नीतिको तयारीको सम्बन्धमा जानकारी दिन उपस्थित भएका गभर्नर महाप्रसाद अधिकारीले देशको कुला गार्हस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको बताए ।



    कोभिड १९ का कारण होटल, रेस्टुरेन्ट, यातयात, निर्माण र व्यपाार क्षेत्रमा सबैभन्दा बढी असर परेको गभर्नर अधिकारीले बताए ।



    उनले भने ‘कोभिड १९ का कारण अर्थतन्त्र प्रभावित भएको छ । तर यो आर्थिक वर्षमा प्रचलित मुल्यको कुल गार्हस्थ उत्पादन करिब १ सय ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान छ ।

    लकडाउन अझै लम्बिदा यो अनुमान अझै बेसी हुन सक्छ । कोभिड १९ बाट सिर्जित समस्याले खासगरी होटल, रेस्टुरेन्ट, यातायात, निर्माण र व्यापार क्षेत्रको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी क्षति भएको देखिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार