Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • दलाई लामाको जन्मदिनमा काठमाडौंका गुम्बाहरुमा प्रहरी निगरानी

    दलाई लामाको जन्मदिनमा काठमाडौंका गुम्बाहरुमा प्रहरी निगरानी

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । तिब्बती धार्मिक नेता दलाई लामाको ८५औं जन्म दिनको पूर्व सन्ध्यामा प्रहरीले काठमाडौंका गुम्बा तथा तिब्बती शरणार्थीहरुका शिविरमा निगरानी बढाएको छ ।

    लामाको जन्मदिन र त्यसको पूर्वसन्ध्यामा तिब्बती शरणार्थीहरुले आत्मदाह गर्न सक्ने सम्भावित घटनालाई मध्यनजर गरी प्रहरीले उनीहरुका गतिविधिहरुमाथि निगरानी बढाउँदै आएको छ । भोली अर्थात जुलाई ६ दलाई लामाको जन्मदिन हो ।



    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार लामाको जन्मदिनको अवसरमा कुनै दुर्घटना हुन नदिन नेपाल सरकारको एक चीन नीति अनुरुप प्रहरीले गुम्वा तथा तिब्बती शरणार्थीहरुका वासस्थानमा सुरक्षा व्यवस्था कडा बनाएको हो ।



    केही वर्ष अघि २ जना तिब्बती शरणार्थीहरुले काठमाडौंमा आत्मदाह समेत गरेका थिए । त्यसपछि प्रहरीहरुले तिब्बती क्याम्पहरुमा सुरक्षा निगरानी बढाउँदै आएको छ ।

    तिब्बतीहरुको मुख्य कार्यालय भनेर चिनिएका बौद्ध स्तुपा, पूर्वको साम्देलिङ गुम्बा (बौद्ध गुम्बाभित्र) र कपन गुम्बा (दलाई लामाको नेपालस्थित धार्मिक सम्पर्क केन्द्र) लगायत अन्य काठमाडौं उपत्यकाका अन्य दर्जनाैं गुम्बाहरुमा समेत सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएकाे छ ।

    त्यसैगरी अन्तर्राष्ट्रिय कूटनीतिक निकायहरु र चीनसँग सम्बन्धित नेपालस्थित कार्यालयवरपर समेत सुरक्षा व्यवस्था थप कडा पारिएको एसएसपी ज्ञवालीले बताए ।

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि नेपाल सरकारले लकडाउन गरिरहेको छ । लकडाउनको समयमा त्यसै पनि प्रदर्शन गर्न पाईंदैन । यस्तो बेलामा अप्रिय घटना नहोस् भनेर प्रहरीले प्रदर्शन समेत हुन नदिन सुरक्षा सतर्कता अपनाएकाे हाे ।

    नेपालले तिब्बतीहरुलाई नेपालमा राजनीतिक शरण दिँदै आएको छ । यद्यपी चीनले भने तिब्बतीहरुलाई शरण नदिन, चीनविराेधी गतिविधि हुन नदिन तथा नेपालको सीमा क्षेत्रबाट आवत–जावत गर्न नदिन नेपाल सरकारलाई दबाव दिँदै आएको छ ।

    तर, भारतलगायत पश्चिमा राष्ट्रहरुले तिब्बती शरणार्थीहरुलाई नेपालमा चीनविरोधी गतिविधि गर्न उक्साउँदै आएका छन् ।

    नेपालमा झण्डै १५ हजार तिब्बती शरणार्थी रहेको आँकलन गरिएको छ ।

    दलाई लामा निर्वासनमा गएको वर्ष सन् १९५९ देखि १९८९ को बीचमा आफ्नो भूमि प्रवेश गरेका तिब्बतीहरूलाई दर्ता गरी नेपालले शरणार्थीको हैसियत दिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार