Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीसँगकाे छलफलपछि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवासमा

काठमाडाैं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल सकिएकाे छ। छलफलपछि सरकारी निवास बालुवाटारबाट प्रचण्ड बाहिरिएका छन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ लागेकाे बालुवाटार स्राेतले जनाएकाे छ।

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको समयमा सहमतिको प्रयास स्वरुप बालुवाटारमा दुवै जनाबीच वार्ता भएकाे हाे। वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँगै नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि रहेको स्रोतको दाबी छ । नेकपामा सानातिना विवादहरू आइरहने भएपनि गत वैशाखको दोस्रो साताबाट विवाद बढ्दै गइरहेको हो । ओलीले पार्टीभित्र छलफल नगरी दल विभाजन खुकुलो पार्ने अध्यादेश ल्याएपछि ओलीइतरको समूह असन्तुष्ट छ ।

सचिवालयले हल गर्न नसकेका विषयहरू स्थायी कमिटी बैठकमा आउनु पर्ने भन्दै नेकपाका स्थायी कमिटीहरूले आह्वान गरेको बैठक ओलीले निरन्तर टार्दै आइरहेका थिए । पार्टीभित्र निरन्तर बढिरहेको असन्तुष्टि सम्बोधन गर्न भन्दै ओली दुई साताअघि स्थायी कमिटी बैठक बोलाउन राजी भए । तर आफू चाहिँ बैठकमा सहभागी भएनन् ।

स्थायी कमिटी बैठकमा निरन्तर राजीनामाको कुरा उठेपछि ओलीले बिहीवार बैठक स्थगित गरेर वार्तामा आउन आफूइतरका नेताहरूलाई चुनौती दिएका थिए । पार्टी एकता बचाउन निर्णायक वार्ता गर्ने भन्दै स्थायी कमिटीको बैठक शनिवारसम्मको लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077