Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँस्कोटाले भने - ओलीको पक्षमा बहुमत छ, राजिनामा दिनु पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रैबाट राजीनामा माग भइरहेको बेला नेकपाका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले भने ओलीको बचाउ गरेका छन्।

प्रधानमन्त्रीको राजीनामा माग्नु कुनै तर्क नभएको उनको भनाइ छ ।

पूर्वसञ्चारमन्त्री बाँस्कोटाले सरकारले गर्ने काम निरन्तर गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने बताएका हुन ।

बाँस्कोटाले नेकपासित विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुनेबाहेक विकल्प नभएको पनि बताएका छन् ।
बाँस्कोटाले प्रधानमन्त्री  ओलीले  राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए ।

उनले अझैपनि बहुमत प्रधानमन्त्रीकै पक्षमा रहेकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077