Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला : नेता थापा

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला कदमप्रति असन्तुष्टि जनाएका छन् ।

बिहिबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति व्यक्ति नभइ संस्था रहेको भन्दै नेता थापाले स्मरण गराएका छन् ।

सरकारले सभामुख र प्रतिपक्षी दलहरुसँग समन्वय नै नगरी एकतर्फी रुपमा स‌ंसद अधिवेशन अन्त्य गरेको र त्यसमा राष्ट्रपतिको भूमिका जिम्मेवारपूर्ण नरहेको भन्दै आलोचना भइरहेका बेला थापाले यस्तो टिप्पणी गरेका हुन् ।

मन्त्रिपरिषद्को प्रस्तावमा राष्ट्रपति भण्डारीले बिहिबार संसद अधिवेशन अन्त्य गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077