Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • घुस लिएको अभियोगमा मुद्दा

    घुस लिएको अभियोगमा मुद्दा

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले नेपाल सरकारलाई प्राप्त हुने दुई लाख ७१ हजार ४२६ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको जनाएको छ ।



    आयोगले वडा सचिव शिवनारायण मुखियाविरुद्ध रु दुई लाख ७१ हजार ४२६, जग्गा बिक्रीकर्ता रुपेन्द्र यादव रु एक लाख ५४ हजार १८८, जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीविरुद्ध एक लाख १७ हजार २२८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।



    उनीहरुलाई बिगोअनुसारको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले आजै कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
    अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि आउने सेवाग्राहीको काम सहज गरिदिने प्रयोगका लागि नायब सुब्बा पन्थीले रु पाँच हजार घुस मागेको अभियोग लागेको छ ।

    यस्तै जिल्ला मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    उनीहरुले धादिङ जीवनपुरको एक सेवाग्राहीको जग्गा रजिस्ट्रसन पास गर्ने क्रममा पाँच हजार रुपैयाँ घुस लिएको अभियोग लागेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार