Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीमा विवाद समाधानमा भारत सकारात्मक छैन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमामा देखिएको समस्या समाधानका लागि भारत सकारात्मक नदेखिएको बताएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्री ज्ञवालीले सीमा विवादबारे ब्रिफिङ गर्दै वार्ताका लागि भारत सकारात्मक नदेखिएको बताएका हुन ।

नेपालले कूटनीतिक सम्वादमार्फत नै अतिक्रमित भूमि फिर्ता गर्न पहल गरिरहेको उनले बैठकमा बताएका थिए । यद्यपि भारत वार्तामा बस्न तयार हुने र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान हुने विश्वास सरकारले लिएको परराष्ट्रमन्त्रीले जानकारी गराएका छन् ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । शुक्रबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरुले बोलेर स्थगित भएको बैठक शनिबार विहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077