Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नागरिकता विधेयकको विरोधमा जसपाले मुख्य सहरहरूमा विरोध प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता विधेयकको विरोधमा देशका विभिन्न शहरमा प्रदर्शन गर्ने भएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा पुगेको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका कतिपय प्रावधान विभेदकारी भएको ठहर गरेको जसपाले देशका विभिन्न शहरमा विरोध प्रदर्शन गर्ने भएको जनाएको छ ।

असार १६ गते जिल्ला सदरमुकाम र मुख्य सहरहरूमा विरोध प्रदर्शन र सभा आयोजना गर्न लागिएको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति जारी गरेर जनाएका छन् ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिला अंगीकृत नागरिकता पाउन कम्तीमा निरन्तर सात वर्षसम्म नेपालमा बस्नुपर्ने प्रावधानमा उनीहरुले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077