Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुवेतको अस्थायी क्याम्पमा रहेका २ हजार ९९१ मध्ये ३०६ जना नेपाल आइपुगे

काठमाडौं । कोरोना (कोभिड–१९) को संक्रमण रोक्नका लागि गरिएको लकडाउनका कारण कुवेतमा अप्ठेरोमा परेका ३ सय ६ जना नेपाली महिला नेपाल आइपुगेका छन् ।

उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ ।

होल्डिङ सेन्टरबाट सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारिेन्टन सेन्टरमा लैजाने तयारी छ ।

जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत १ सय ४९ जना नेपाल आएका हुन् ।

आज नेपाल आएकाहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारहरु हुन् ।

उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो ।

कुवेतको अस्थायी क्याम्पमा ११ जना बालबालिका भए पनि उनीहरुलाई भने ल्याइएको छैन ।

कुवेतले बिनाजरिवाना स्वदेश फिर्न पाउने भन्दै अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेकालाई आफ्नै खर्चमा दैनिक दुईवटा चार्टर विमानमार्फत नेपाल पठाउन सरकारसमक्ष प्रस्ताव राखेको थियो ।

अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा २ हजार ९ सय ९१ जना छन् । यी सबैलाई नेपाल पठाउन कम्तीमा २० वटा उडान गराउने कुवेतको तयारी छ । तर, सबैलाई एकैपटक ल्याउन नेपाल सरकारले अनुमति दिएको छैन ।

पहिलो चरणमा आज ३ सय ६ जना नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077