Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अमेरिकामा प्रदर्शनले उग्र रूप लिदै, प्रहरी भ्यानमा आगजनी र आक्रमण

    अमेरिकामा प्रदर्शनले उग्र रूप लिदै, प्रहरी भ्यानमा आगजनी र आक्रमण

    अनलाइन नेपाल
  • आइतबार, १८ जेष्ठ २०७७
  • 3K
    SHARES

    वासिंटन । अमेरिकामा जर्ज फ्लोइडको हत्याको पाँचौं दिनसम्म पनि दर्जनौं शहरहरूमा प्रदर्शन जारी छ ।

    विभिन्न सहरमा भएका प्रदर्शन हिंसात्मक बन्दैगएका छन् । मिनेपोलिसस्थित प्रहरी हिरासतमा भएको घटनालाई लिएर न्युयोर्क लगायत सहरमा हिंसात्मक प्रदर्शन भएका हुन् । न्युयोर्क प्रहरी विभागको प्रहरी भ्यानमाथि प्रदर्शनकारीको भीडले आक्रमण समेत गरेको छ ।



    ब्रुकलिनको सडकमा भेला भएका प्रदर्शनकारीको भीडले प्रहरीको गाडीमाथि आक्रमण गरेको भिडिओ समेत भाइरल बनेको छ । भिडिओमा फलामका डन्डी, सडक डिभाइडर र बोटलले प्रहरीको भ्यानमाथि आक्रमण गरिरहेको देखिन्छ ।



    अर्को एउटा प्रहरीको गाडी भने प्रदर्शनकारीको भीड भएतिरै कुदाउदा केही मानिस लडेका छन् । शनिबार न्युयोर्कमा भेला भएका सयौँ प्रदर्शनकारीहरुले घटनाको विरोध गर्नुका साथै पीडितका लागि न्याय माग गरेका छन् ।

    अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ। प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी धेरैबेर थिचिएको थियो। शास फेर्न मुश्किल भएको भन्दै उनले याचिका गरे पनि प्रहरीले उनको कुरा सुनेका थिएनन्।

    प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ। ती युवक एउटा पसलमा झुटो बिल देखाएको आशंकामा पक्राउ परेका थिए।

    फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो। घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्तिहत्याको आरोप लगाइएको छ।

    अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ। प्रहरीको उक्त क्रुरतासँगै शुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रुप लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार