Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सीमा विवाद: भारतकाे नेपाललाई अल्मल्याउने नीति

    सीमा विवाद: भारतकाे नेपाललाई अल्मल्याउने नीति

    अनलाइन नेपाल
  • शुक्रबार, १६ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । भारतले नेपाललाइ सीमा विवादकाे विषयमा रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ। बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गरेका हुन् ।

    केही दिनअघि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको समेटेर नयाँ नक्साअनुसार संविधान संशाेाधन गर्न लागेकाे बेला भारतकाे नेपाललाई अल्मल्याउने नीति लिइएकाे हाे।



    बिहीबारको बैठकमा श्रीवास्तवले पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको विषयलाई लिएर नेपाल गम्भीर रूपमा प्रस्तुत भएको भन्दै त्यसलाई भारतले नजिकबाट नियालिरहेको प्रतिक्रिया समेत दिएका छन्।



    हिन्दुस्तान टाइम्सका अनुसार छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै श्रीवास्तवले सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरिएकाे हाे। पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेत समेटेर नेपालले आफ्नो नक्सा जारी गरेपछि सो नक्सालाई एकतर्फी सार्वजनिक गरेको भन्दै स्वीकार नगर्ने प्रतिक्रिया दिएको भारतले अहिले रचनात्मक ढंगले सीमा विवादलाई समाधान गर्न प्रस्ताव गरेको हो ।

    नेपाल सरकारले नयाँ नक्सा समेटेको निशाना छाप बनाउनको लागि संविधान संशोधन गर्ने निर्णय गरिसकेको छ । यद्यपि भारतले भने सो क्षेत्र भारतीय भूमि दाबी गर्दै आएको छ । पर्याप्त प्रमाण बोकेर आफ्नो दाबी गरिरहेको नेपालले भने आफ्नो एक इन्च भूमि पनि नछाड्ने अडान दोहोर्‍याउँदै आएको छ।

    ‘भारत आफ्ना सबै छिमेकीहरूसँग पारस्परिक संवेदनशीलता र पारस्परिक सम्मानका आधारमा भरोसा र विश्वासको वातावरण कायम गर्न चाहन्छ । यो एक निरन्तर प्रक्रिया हो र यसका लागि रचनात्मक र सकारात्मक प्रयासको आवश्यक पर्छ’ श्रीवास्तवलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार