Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काँग्रेस पदाधिकारी बैठक बस्दै

    काँग्रेस पदाधिकारी बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, ११ जेष्ठ २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

    दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सङ्घीय संसद्मा दर्ता गरेको “नेपालको संविधान (दोस्रो संशोधन), २०७७” र कोरोना भाइरस सङ्क्रमणको अवस्थालगायत विषयमा छलफल हुने काँग्रेस मुख्यसचिव कृृष्णप्रसाद पौडेलले जानकारी दिए ।



    सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि सो विधेयक दर्ता गराएको हो ।



    बैठकमा कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले हालसम्म गरेका कामको समीक्षा र पार्टीका तर्फबाट गर्न सकिने योगदानका बारेमा समेत छलफल हुने काँग्रेसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार