Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज (जेठ ४) आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुखपनि मिल्नेछ । सेतो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावस्यक दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन रोकिएको पैसा हातलाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । पारिवारिक जमघटपनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । - ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077