Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आज (जेठ ४) आइतबारको राशिफल

    आज (जेठ ४) आइतबारको राशिफल

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ ।



    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।



    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुखपनि मिल्नेछ । सेतो रंगको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावस्यक दौडधूप गर्नु पर्नेछ । घरायसी विवादपनि बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन रोकिएको पैसा हातलाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । पारिवारिक जमघटपनि हुनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलतापनि मिल्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार