Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चर्काचर्कीपछि ओली बाहिरिए, सचिवालय बैठक निष्कर्ष विहिन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानममन्त्री केपी शर्मा ओली बाहिरिएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चर्काचर्की भएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली बाहिरिएका हुन् ।

सचिवालय बैठकअघि उपाध्यक्ष बामदेव गौतम कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका थिए ।

यतिबेला ओलीइतरका नेताहरु भने आन्तरिक छलफलमा जुटेका थिए ।
प्रधानमन्त्री ओली र बहुमत सचिवालय सदस्यहरुबीच पद र जिम्मेवारीका विषयमा विवाद हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीएक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् भने बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077