Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डसँग बामदेवको गुनासो : 'ओलीको पक्षमा लागेर गल्ती गरें'

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिरहेका बेला सचिवालय बैठक बस्नु अघि उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर गुनासो गरेका छन् ।

स्रोतका अनुसार सचिवालय बैठक बस्नुअघि दाहाललाई भेट्न गौतम खुमलटार पुगेका थिए ।

स्रोतका अनुसार प्रचण्डसँगको भेटवार्तामा गौतमले आफू नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएर गल्ती गरेको र त्यसैकारण फसेको पनि बताएका थिए ।

गौतम कहिले प्रचण्ड त कहिले नेता माधव नेपालको पक्षमा उभिएर अस्थिर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077