Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पार्टीभित्र विवाद बढिरहेकै बेला किन भेटे प्रचण्डले नेपाललाई ?

    पार्टीभित्र विवाद बढिरहेकै बेला किन भेटे प्रचण्डले नेपाललाई ?

    अनलाइन नेपाल
  • शुक्रबार, १९ बैशाख २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजनीतिक दल सम्बन्धि अध्यादेश र तत्कालिन समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याइएको घटनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अध्यक्ष एवम् केपी शर्मा ओली विवादमा तानिएका छन् ।

    हुनत अध्यादेश फिर्ता भइसक्यो भने डा. यादवले जतिसुकै बहाना बनाएपनि उनको अपहरण नभएको लगभग पुष्टि जस्तै भइसक्यो । पूर्व प्रधामन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले एकोहोरो रुपमा अपहरणको आरोप लगाए पनि पहिलो पटक भने डा. यादवले नै आफै काठमाडौं आएको बताएका थिए ।



    यता, पार्टाी भित्रै विवाद बढिरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।



    भोलि सचिवालय बैठक बस्दैछ । त्यसैको एक दिन अगाडि आज नेता नेपाललाई भेट्न प्रचण्ड उनकै निवास कोटेश्वरमा पुगेका हुन् ।

    भेटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावबारे छलफल भएको बताइए पनि बाहिर भने ल्याइएको छैन ।

    बुधबार साँझ बसेको सचिवालय बैठकमा नेताहरुले राजीनामा मागेपछि ओलीले कोरोनाको संकट समाधान भएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

    सोहि विषयमा छलफल गर्न प्रचण्ड नेपाल निवास पुगेको बताइएको छ । पहिले उपाध्यक्ष गौतमलाई सांसद समेत बनाउन नमानेका ओलीले अहिले फेरि कुटिल चाल चलेर प्रधानमन्त्रीको प्रस्ताव पेस गरेका छन् ।

    प्रधानमन्त्री ओलीको यो चालले नेकपाको राजनीति नै नयाँ मोडतिर धकेलिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार