Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • संयन्त्र गठन गर्ने विषय प्रधानमन्त्रीको अधिकार : अध्यक्ष प्रचण्ड

    संयन्त्र गठन गर्ने विषय प्रधानमन्त्रीको अधिकार : अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १ बैशाख २०७७
  • 4.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने वा नगर्ने निर्णय प्रधानमन्त्रीको स्वविवेकमा भर पर्ने वताएका छन् ।

    प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूले कोरोना संक्रमणविरुद्ध लड्न सबै दल एकबद्ध हुन संयन्त्रको कुरा गरे पनि प्रधानमन्त्रीले अस्वीकार गरको बताए । संयन्त्र गठन गर्ने विषय प्रधानमन्त्रीको अधिकार भएकाले अब त्यसमा थप बहस गर्न आवश्यक नभएको प्रचण्डको भनाई छ ।



    यसअघि प्रचण्डले नेकपा सचिवालयमा कोभिड– १९ नियन्त्रण र रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने कि भन्ने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रस्ताव अस्वीकार गरेका थिए ।



    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच बर्ष प्रधानमन्त्री रहने विषयमा शंका नगर्न आग्रह गरे । अहिले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको र त्यस्तो कुनै आवश्यकता पनि नरहेको प्रचण्डले बताए ।

    सरकारका कामकारवाही राम्रो ढंगले अघि बढिरहेकाले महामारीका रुपमा देखा परेको कोरोनालाई परास्त गर्न सरकार सक्षम रहेको पनि प्रचण्डको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार