Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामारीमा आधा अर्ब कमिशन खाने योजना चकनाचुर , अख्तियारको अग्निपरिक्षा

काठमाडौं। कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्ने मेडिकल सामग्री खरिदमा घाेटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले टेण्डर रद्द गराएका छन्।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियारमा उजुरी हालेका थिए । पौड्यालले घाेटालामा सँलग्न पदाधिकारीमाथि छानविनको माग गर्दै अख्तियारमा उजुरी दिएका थिए।

स्वास्थ्य मन्त्रालयले उक्त सामग्रीमा ब्यापक विवाद भएपछि सप्लाई गर्ने ओम्नी ग्रुपको ओबिसिआईसँगको सम्झौता रद्द गरेको जनाए पनि मन्त्री ढकाल फस्ने डरले रद्द गरेको स्रोतले जनायो ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा बिभागमार्फत सूचना प्रविधिको काम गर्ने कम्पनीलाई मेडिकल सामग्री आपूर्तिको ठेक्का दिएको थियो । जुन कम्पनी बाणिज्य विभागमा दर्ता समेत नभएको पाइएको छ ।

उक्त कम्पनीसँग बजार भाउ भन्दा सयौ बढी मुल्यमा मेडिकल सामग्री किट, पीपीई लगायतका मेडिकल सामग्री खरिद गरिन लागिएको थियो। आइसकेको मेडिकल सामानको बारेमा के कसरी भुक्तानी गर्ने भन्ने टुंगो नलागिसकेको मन्त्रालय स्रोतले बताएको छ । एक लट सामान आइतबार आइसकेको छ ।

विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओबिसिआईसँगको ५ कराेड रुपैयाँ धराैटी जफत गरिएको र कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया थालिएको जानकारी दिए ।

तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको, बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको, खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएकोलगायतको आरोप सहित अख्यियारमा उजुरी परेको थियो।

ओबीसीआईको आधिकारिक वेब पेजमा तुलबहादुर सिंह (हरी) मुख्य व्यक्ति रहेको उल्लेख गरिए पनि पछाडिका खेलाडीहरु भने युवराज शर्मा, प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अली,मेडिकल उपकरण सप्लाई गर्ने विशाल पण्डितलगायतको समुह रहेको सार्वजनिक भएको थियो। ठेक्काका मुख्य योजनाकार ह्वाइट हाउस कलेजका संचालक युवराज शर्मा हुन् ।

उनी झापाका हुन् । उनले पर्दाभित्र बसेर यसको प्रक्रिया मिलाएका थिए । शर्माले प्रधानमन्त्री केपी शर्मानिकट झापाका गोविन्द थापासँग मिलेर विभिन्न आयोजनामा काम गर्दै आएका छन्।

शर्माले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला देखि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठका अलावा शर्माले कार्यालयसम्म सेटिङ मिलाएको खुलेको थियो। तर, सबै मेडिकल सामाग्री खरिद गर्दा आधा अर्ब खाने शर्माको योजना अब चकनाचुर भएको छ ।

यो घोटाला प्रकरणमा अब अख्तियारले छानविन गरेर कारवाही प्रक्रिया अगाडि या नबढाउला ? अख्तियारसामु अग्निपरिक्षा खडा भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077