Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • नव नियुक्त भारतीय राजदूत क्वात्राले बुझाए ओहोदाको प्रमाण

    नव नियुक्त भारतीय राजदूत क्वात्राले बुझाए ओहोदाको प्रमाण

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 3.4K
    SHARES

    काठमाडाैँ ।  नेपालका लागि नव नियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले आफ्नो ओहोदाको प्रमाण पत्र बुझाएका छन्। आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाण पत्र भारतीय राजदूत क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेका हुन्।

    उहाँ नेपालका लागि २५औं राजदूत हुनुहुन्छ । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त हुनुभएको हो ।



    भारतीय विदेश मन्त्रालयले गत जनवरी ३० मा नै क्वात्रालाई नेपालका लागि राजदूत नियुक्तिको निर्णय सार्वजनिक गरेको थियोे ।तीन दशकदेखि भारतीय विदेश सेवामा कार्यरत क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता शक्ति राष्ट्रमा सफलतापूर्वक काम गरेका छन् । उनी भारतमा एक अनुभवी र चतुर कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।



    क्वात्राको अनुभवले उनको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास गरिएको छ । नेपालसँग थाँती रहेका मुद्दाहरु समेत उनको कार्यकालमा अघि बढ्ने र टुंगोमा पुग्ने आंकलन गरिएको छ । क्वात्राले २००६ देखि २०१० सम्म नेपालको सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त ब्यूरोको प्रमुखको रूपमा प्रतिनिधित्व गरेका थिए। यसअर्थमा उनी नेपालसँग पहिलेदेखि नै परिचित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार