Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पौडेल र सिटौलालाई पेले देउवाले, सात वटा विभागको संयोजक यसरी तोके

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बिरोध गर्दा गर्दै  कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटा विभागको संयोजकहरू तोकेका छन् । सभापति देउवाले सोमबार विज्ञप्ति जारी गरेर सात वटा विभागका संयोजकहरू तोकेका हुन् ।

सभापति देउवाले केन्द्रीय सदस्य एनपी साउँदलाई शुभेच्छुक संस्था समन्वय विभागको जिम्मेवारी दिए ।

अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभागको जिम्मेवारी दिएका छन् ।

केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।

बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभागको जिम्मेवारी दिएका छन् ।

सभापति देउवाले हरिप्रसाद नेपाललाई शिक्षा विभागको जिम्मेवारी दिएका छन् । यसअघि सभापति देउवाले विभिन्न १३ वटा विभाग गठन गरिसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग गठनको विरोध गर्दै आएको छ । उनले पैसा खाएर देउवाले नियुक्ती गरेको आरोप लगाएका थिए। नेता कृष्णप्रसाद सिटौलाले विभाग गठनमा सहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077