Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘केपी ओलीसहित सबै पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानविन गरौँ’

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै डा.भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

उनले प्रश्न गर्दै भने, ‘गाउँमा सानो झुप्रो भएकाहरूले कसरी काठमाडौंमा महल बनाए ? मलगायत हामी सबै हिजो त साथीहरूले दिएको लुगा लगाएर, चप्पल लगाएर हिँडेका थियौं। आज हामी कसरी सुटेडबुटेड भएका छौं ? कसरी चिल्ला कार चढेर हिँडिरहेका छौं ? कसरी हाम्रा महल छन् ?’

प्रधानमन्त्रीको तेह्रथुमको बुकुरोभन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको बताउँदै डा.भट्टराईले त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरू अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौं भन्ने प्रश्न गरे ।

‘मैले जति लाख प्रयत्न गर्दा पनि हाम्रो कमाइले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाइले काठमाडौंमा महल बनाउन पुग्दैन, यसको छानबिन गरौं। त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु।’ –उनले भने । डा.भट्टराईले संविधान संशोधन गर्नैपर्ने आवश्यकता रहेको बताउँदै संशोधित संविधानमा प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश सबैमाथि छानबिन गर्न सक्ने शक्तिशाली लोकपाल रहने प्रावधान राख्न माग गरे ।

उनले मातातीर्थको जग्गा मोहीलाई दिएको विषयलाई प्रधानमन्त्रीले संसद्मा आफ्नो नामै लिएर गलतरूपमा प्रचार गरेको भन्दै थपे– ‘सबै तरिका मिलाएर मोहीलाई जग्गा दिलाउनै हुन्न, बरु यति होल्डिङलाई जग्गा दिन पुगेन भन्ने हो भने सैद्धान्तिकरूपमा नै बहस गर्नुपर्ने भयो।’ नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077