Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिश्र ‘फटाहा’ बाँस्कोटा ‘निर्दोष’ : प्रधानमन्त्री ओली

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले अडियो प्रकरणमा मुछिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा निर्दोष भएको दाबी गरेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आयोजित बाग्मती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्ने क्रममा उनले सो कुरा बताए ।

बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘एउटा टेप प्रकरणमा कुनै मान्छेले अनधिकृत तवरले अडियो सार्वजनिक गरेको छ। तर केही प्रमाण छैन, सत्यता पुष्टि भएको छैन, स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’

आप्नोसमेत नाम जोडेर अख्तियारमा दिइएको उजुरी औचित्यहीन भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘बाँस्कोटाले भ्रष्टाचार गरेकाले नभई प्रश्न उठेकाले राजीनामा दिनुभएको हो। अडियो सार्वजनिक गर्ने व्यक्ति विजय मिश्र फटाहा भएको पुष्टि भइसकेको छ। त्योसँग त डिल नै भएको छैन।

फ्रेन्च र जर्मन कम्पनीको प्रतिस्पर्धामा दुईटा सरकारहरूको डिल भएको छ, कुरा भएको छ। अनि अर्को स्वीस कम्पनीको एजेन्टसँगको वार्ता कहाँ भयो, जोसँग खरिदको प्रसंग नै छैन।’ पार्टी र सरकारलाई बदनाम गर्न र नेताहरूको चरित्रहत्या गर्न संगठित प्रयास भइरहेको उनको दाबी थियो। नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077