Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्ततः ईश्वर पोखरेलले स्वीकारे यस्तो कुरा, प्रचण्डलाई लाग्यो धक्का!

काठमाडौं । नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताले पार्टीका नेताहरुबीच अप्ठ्यारो स्थिति सिर्जना गरेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टी एकताका कारण पूर्व एमालेका नेताहरुले कुनै ठोस निर्णय लिनमा समस्या भइरहेको बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतको आचरणले वर्तमानमा समस्या ल्याएको दाबी गरे । उनले भने, ‘विगतले केही दिनेवाला छैन । विगतले शिक्षा मात्र दिने हो । पार्टी एकताबाट मत मिल्यो तर मन मिलेन । एकतामा एताउता गर्ने कुरा स्वीकार्य छैन ।’

पोखरेलले सही विचारबाट निर्देशित नभएको पंक्ति दिशाविहीन हुने बताउँदै दुवै पार्टीको विचार अङ्गाल्दा समस्या आएको बताए । उनले भने, ‘त्यसैले पार्टी एकताले अलि अलि अप्ठ्यारो भएको छ ।’

मन्त्री पोखरेलको भनाइले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई धक्का लागेको छ। किनभने केही दिनअघि सार्वजनिक रुपमै प्रचण्डले पार्टी एकता लामो छलफल तथा सोच विचर गरेर भएको हुनाले केही समस्या नहुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077