Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान संशोधनको विषयलाई ढाँटको संज्ञा

काठमाडौं। उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संविधान संशोधनको विषयको विरोध गरेका छन् । पोखरेलले वामदेव गौतमलाई प्रधानमन्त्री बन्न बाटो खोल्ने गरी हुने भनिएको संविधान संशोधनको विषयलाई ढाँट छलफलको संज्ञा दिएका हुन् । पोखरेलले ट्वीट गर्दै सत्तारूढ नेकपाले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति नेकपाका नेता समेत रहेका मन्त्री पोखरेलले आपत्ति जनाएका छन् ।

‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ’, पोखरेलले भनेका छन्, ‘मानिसहरू यो सुनेर उदेक मान्दैछन् ।’

संविधान संशोधनको गृहकार्य थाल्नुअघि त्यो केका लागि भनेर प्रष्ट पार्नुपर्ने पोखरेलको भनाइ छ । ढाँट र छल गरेर धेरै दिन नटिक्ने भन्दै उनले राजनीति गरे पनि जुवा नखेल्ने चेतावनी दिएका छन् ।

‘केका लागि संशोधन १ खराखरी बहस गर्नेबेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ, कसरी चल्छ रु राजनीति गरिन्छ, जुवा खेलिन्न १’, पोखरेलले भनेका छन् ।
नेकपाले हालै संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको समाचार बाहिरिएको थियो ।

संविधान संशोधनको गृहकार्यका निम्ति यस्तो कार्यदल गठन गरिए पनि स्वयं नेकपाभित्रै यसको चर्को विरोध भएको छ । कार्यदल सदस्यहरूले नै संविधानको औचित्यमाथि प्रश्न उठाउँदै त्यसमा बस्न इन्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077