Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • शाहरुख र एनसीबी अधिकारीबीच ११ वर्षअघिको दुश्मनी, बदलाको भावले जेलमा कोचिए आर्यन !

    शाहरुख र एनसीबी अधिकारीबीच ११ वर्षअघिको दुश्मनी, बदलाको भावले जेलमा कोचिए आर्यन !

    अनलाइन नेपाल
  • शुक्रबार, १२ कार्तिक २०७८
  • 1.9K
    SHARES

    एजेन्सी – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ। बिहीबार अदालतले आर्यनलाई जमानत दिएको हो।

    त्यससँगै शाहरुखको परिवारले २५ दिनपछि राहत महसुस गरेको छ। आर्यनलाई मुम्बई क्रुज पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा अक्टुबर २ तारिखमा एनसीबीले पक्राउ गरेको थियो। आर्यनलाई पक्राउ गर्न एनसीबीका जोनल निर्देशक समीर वानखेडे सक्रियरुपमा लागेका थिए।



    पछिल्लो समय वानखेडे आफै विवादमा फसिरहेका छन्। उनीमाथि, बलिउड सेलिब्रिटीलाई झुटो आरोपमा पक्राउ गरेर पैसा असुली गरेको आरोप समेत लागेको छ। यस्तै, उनी र उनको टिमले आर्यनलाई पक्राउ गरेपछि शाहरुखसँग २५ करोड रकम मागेको आरोप समेत लागेको थियो।



    आर्यनलाई प,क्राउ गरेर चर्चामा आएका समिरको नायक शाहरुख खानसँग यसअगाडि पनि लफडा भैसकेको थियो। १० वर्ष अगाडि समीरले शाहरुखलाई कस्टम ड्युटी नभरेको भन्दै करिब १ घन्टा विमानस्थलमा नै रोेकेका थिए। सन् २०१० मा लण्डनबाट फर्किने क्रममा शाहरुखसँग यस्ता केही विदेशी सामानहरु थिए, जसको कर लाग्थ्यो।

    तर, शाहरुखले कर नतिरेपछि समीरले उनलाई करिब १ घन्टा विमानस्थलमै रोकेका थिए। सो समय समीर विमानस्थलमा एयरपोर्ट कस्टम अफिसको रुपमा काम गरिरहेका थिए। सोधपुछपछि शाहरुखले डेढ लाख रुपैयाँ वुझाएका थिए ।

    समीरले नायिका अनुष्का शर्मालाई पनि विमानस्थलमा ११ घन्टासम्म सोधपुछ गरेका थिए। यस्तै, उनले बलिउड सेलिब्रिटीहरु दीपिका पादुकोण, कट्रिना कैफ, मिनिषा लाम्बा, रणवीर कपुर, मीका सिंह, विपाशा बासु, विवेक ओवराय, अनुराग कश्यप, रिया चक्रवर्तीसँग पनि सोधपुछ गरिसकेका छन्।

    वानखेडे र शाहरुखबीच सोही समयमा एक किसिमको दुश्मनी भएको थियो। सोही दुश्मनीका कारण वानखेडेले शाहरुखका छोरालाई पक्राउ गरेको कतिपयको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार