काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन् ।
शुक्रबार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
‘किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन तर मलाई लागेको चाँही सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो, अध्यक्ष नेपालले जवाफमा भने।
साथै, निर्वाचनको खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुने पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ।
यस्तै, फरक प्रसंगमा उनले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरे ।
Leave a Reply