काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आजदेखि सुरु भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गरिएको प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ बीच सुरु भएको छ ।
काठमाडौंले टस जितेर बलिङ रोजेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी पनि छन् । अन्य दुई जना राएन ब्रल र रहमानुल्लाह गुर्बाज विदेशी खेलाडी छन् ।
यता कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको साविक विजेता ललितपुरमा सन्दुन विराकोडी, ओसादा फर्नान्डो र रन्जुन मिक्यो दोर्जी विदेशी खेलाडी छन् ।
ईपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइल हुनेछ ।
५० लाख पुरस्कार र ईपीएलको आकर्षक ट्रफीका लागि साविक विजेता ललितपुर प्याट्रिओट्स सहित, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।
अफ्रिदीको बलिङमा पवन छक्का
पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको बलिङमा नेपालका खेलाडी पवन सर्राफले छक्का र चौका प्रहार गरेका छन् ।अफ्रिदीले बलिङ गरेको छैटौं ओभरमा पवनले एक छक्का र एक चौकासहित १२ रन जोडे ।
तस्विर : निर्मलबाबु लामिछाने/अनलाईन नेपाल
Leave a Reply