Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • तीन भारतीयमा काेराेना पाेजेटिभ देखिएपछि छपकैया क्षेत्र शील, सुरक्षाकर्मी परिचालन

    तीन भारतीयमा काेराेना पाेजेटिभ देखिएपछि छपकैया क्षेत्र शील, सुरक्षाकर्मी परिचालन

    अनलाइन नेपाल
  • आइतबार, ३० चैत्र २०७६
  • 2.6K
    SHARES

    वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमाती (धर्म प्रचारक)मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि छपकैया क्षेत्र शील गरिएको छ। ३७ , ४४ र ५५ वर्षीय मुस्लिम जमातीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो ।

    संक्रमित भेटिएको वीरगन्ज २ छपकैया क्षेत्रलाई स्थानीय प्रशासनले आइतबार अपरान्हदेखि शील गरेर शंकास्पद व्यक्तिको खोजी सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित जमाती बस्दै आएको मस्जिद रहेको वडा नम्बर २ छपकैया क्षेत्रलाइ शील गर्ने निर्णय गरेको हो ।



    बैठकको निर्णयलगत्तै सुरक्षकर्मी परिचालन गरेर छपकैया क्षेत्रलाइ शील गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए । यस्तै बैठकले वीरगन्जमा छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्ने निर्णय गरेको छ । वीरगन्जको एक निजी अस्पताल भाडामा लिएर छुटटै कोरोना भाइरस विशेष अस्पताल संचालन गर्ने निर्णय गरिएको जानकारी दिँदै बस्नेतले यसका लागि आवश्यक प्रक्रिया थालिसकिएको पनि जानकारी दिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार