Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, १७ भाद्र २०७८
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव जारी छ। जसका कारण देशका विभिन्न स्थानहरुमा निरन्तर वर्षा भइरहेको छ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार पनि प्रदेश नं १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।



    बिहीबार देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।
    महाशाखाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशभर सामान्य बदली रहि प्रदेश नं १ का धेरै र प्रदेश नं २ र बागमती प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ।



    यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १ का एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

    यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश नं १,बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार