Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कुहिएको दाल बेच्ने मेयर फन्दामा, गोदाममा शिलबन्दी

    कुहिएको दाल बेच्ने मेयर फन्दामा, गोदाममा शिलबन्दी

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 2.7K
    SHARES

    बारा। कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा सञ्चालित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरिएको छ। गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्। उनी यादवका छोरा हुन्। कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित उक्त गोदाममा शनिबार शिलबन्दी गरेको हाे।

    गोदाममा बाँकी रहेको ३ सय ८० बोरा (९ हजार ५ सय केजी) रहरको दाल शिलबन्दी गरी स्थानीय प्रशासनले जाँचका लागि त्यसबाट नमुना संकलन गरेको छ। लकडाउनको मौका छोपेर चार वर्षदेखि गोदाममा थन्किएको दाल खपत गर्ने उद्देश्यले मेयर रायले आफ्ना नजिकका वडाध्यक्षलाई उधारोमा बिक्री गरी राहतमा बाँड्न लगाएको पाइएको छ। जनस्तरबाट कुहिएको दाल वितरण गरिएको गुनासो आएपछि स्थानीय प्रशासन र प्रहरीले अनुगमन गरेको थियो। अनुगमनको क्रममा कुहिएको दाल फेला परेको हो। अनुगमनपछि उक्त गोदाममा शिलबन्दी गरिएको छ।



    बरामद दाल प्रहरीको नियन्त्रणमा रहेको प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए। परीक्षणबाट अखाद्य प्रमाणित भएपछि खाद्य ऐनअनुसार कारबाही गरिने उनले बताए। यसैगरी वडा नं १ मा राहत बाड्न लगिएको त्यही दालको नमुना पनि संकलन गरिएको छ। ‘लकडाउन र राहतको मौका छोपेर गोदामबाट उधारोमा बिक्री गरेको पाइएको छ,’ डीएसपी मिश्रले भने, ‘राहतमा पुरानो दाल खपत गरी सल्टाउने उद्देश्य देखिन्छ।’ दाल करिब चार वर्ष पुरानो रहेको उनले बताए।



    अति विपन्न र दैनिक ज्यालादारी गरी खाने सर्वसाधारणका लागि सरकारले राहत वितरण गर्न निर्देशन दिएपछि स्थानीय तहका वडाहरुले त्यही दाल खरिद गरी राहत वितरण गरिरहेका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार