Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कहिले खुल्छन् देशभरका अदालत?

    कहिले खुल्छन् देशभरका अदालत?

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं। चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसका कारण देशभर लकडाउन जारी रहेकाे छ। साेही लकडाउन खुलेकाे तीन दिनपछिमात्र देशभरका अदालत खुल्ने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे।

    लकडाउनको अवस्था समाप्त भएपछि अदालतको कामकारबाही व्यवस्थापन गर्न लाग्ने समयलाई मध्यनजर गरी तीन दिनपछि मुद्दाको नियमित सुनुवाई हुने विज्ञप्तिमा उल्लेख छ। सरकारले यसअघि चैत २५ गतेसम्म लकडाउन गरेको आधारमा सर्वोच्चले चैत २८ गतेसम्म अदालत बन्द गरेको थियो । शुक्रबारबाट सो अवधि सकिएपछि बैशाख ३ सम्म बन्द गर्ने निर्णय सर्वोच्चले गरेको छ ।



    वैशाख ३ पछि पनि सरकारले लकडाउन थपेमा सोही अनुरुप अदालत पनि बन्द हुने प्रवक्ता भद्रकाली पोखरेलले बताएका छन् । बन्दकै बीच पनि बन्दी प्रत्यक्षीकरणको निवेदन तथा गम्भीर प्रकृतिका कोभिड १९ सँग सम्बन्धित विषयका रिट निवेदनको दर्ता र सुनुवाई तथा पक्राउ अनुमति तथा जरुरी पक्राउ पुर्जीको समर्थनका काम निरन्तर रहने पोखरेलले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार