Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

    फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

    फिफाद्वारा आज जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औँ स्थानमा रहेको छ भने दक्षिण एशियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५७औँ स्थानमा छ ।



    विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा रहँदा स्विडेन दोस्रो स्थानमा छ । त्यसैगरी जर्मनी तेस्रो, नेदरल्यान्ड्स चौथो, फ्रान्स पाँचौँ, क्यानडा छैटौं, ब्राजिल सातौँ, इङ्गल्यान्ड आठौँ, उत्तर कोरिया नवौँ र स्पेन १०औैँ स्थानमा रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार