Online Nepal
  • बिहिबार, २७ भाद्र २०८१
  • नेपाली महिला फुटबल टोली चीन प्रस्थान

    नेपाली महिला फुटबल टोली चीन प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।

    चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समा नेपाली महिला फुटबल टोलीले डेब्यु गर्दैछ ।



    रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन् । नेपालका सफल प्रशिक्षक बालगोपाल महर्जन मुख्य प्रशिक्षक छन् । १९औं एसियाडमा महिला फुटबल प्रतियोगिता भने २१ सेप्टेम्बरदेखि सुरु हुनेछ ।



    नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको जापान र भियतनामसहित साफ च्याम्पियनसिपको विजेता बंगलादेश छ ।

    नेपालले आफ्नो पहिलो खेल भियतनामसँग २२ सेप्टेम्बरमा खेल्नेछ । यस्तै विश्व विजेता जापानसँग २५ सेप्टेम्बर तथा बंगलादेशसँग २८ सेप्टेम्बरमा खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार