Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ओम्नीको १७ बुँदे प्रस्टीकरण

    ओम्नीको १७ बुँदे प्रस्टीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडाैँ। विवादास्पद विवरण सार्वजनिक भएको करिब एक सातापछि ओम्नी समूहले विज्ञप्ति जारी गरी १७ बुँदे स्पष्टीकरण दिएको छ। स्वास्थ्य सामग्री खरिद प्रकरणमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा प्रधानमन्त्रीका सचिवालयको संलग्नता नरहेको, सञ्चार माध्यमले आक्रमण गरेको र निहित व्यक्तिहरूले प्रोपोगान्डा बनाएको उसको आरोप छ। ‘विपदको यस घडीमा देश, जनता तथा सरकारलाई सहयोग गर्ने मनसायले सहभागी भएको, कुनै बदनियत नरहेको र सञ्चार माध्यमबाट फैलाइएको भ्रष्टाचार भएको भन्ने अफवाहमा कुनै सत्यता नरहेको, सम्माननीय प्रधानमन्त्रीज्यू, उपप्रधानमन्त्रीज्यू, अन्य माननीय मन्त्रीज्यू तथा सल्लाहकार तथा अन्य पक्षको यस सम्झौतामा कुनै सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

    हाल अन्तर्राष्ट्रिय बजारमा स्वास्थ्य सामग्रीको मूल्य उतारचढाव रहेको र केहीमा तलमाथि पर्न गएको उसको स्विकारोक्ति छ। ‘विभागमा पीपीई सेटको एकमुस्ट कोटेसन ४२.९८ डलर पेस गरेको र पछि छलफल हुँदा सेटभित्र ५ प्रकारका आइटमको मूल्य अलग अलग छुट्याउने क्रममा एन–९५ मास्कको मूल्य केही बढी उल्लेख हुन गएको र गाउनको मूल्य परल मूल्यभन्दा १६ डलर कम उल्लेख भई तलमाथि पर्न गएको,’ विज्ञप्तिमा भनिएको छ।



    यस्तै, वायुसेवा निगमको जहाज चार्टर्डमा १ करोड ५३ लाख ८५० रुपैयाँ परेको पनि जनाइएको छ। ‘तोकिएको मितिअगावै आपूर्ति गरी दोस्रो लट र पहिलो लटको बाँकी समान सम्झौताबमोजिम अप्रिल २ तारिखमा ढुवानी गर्न जहाजका लागि नेपाल वायुसेवासँग समन्वय गर्दा ४ अप्रिलअगाडि जहाज उपलब्ध गराउन नसकिने जानकारी प्राप्त भएको, यस विषम परिस्थितिको जानकारी लिखित रूपमा विभागमा गराउँदा समेत एकतर्फी रूपमा सम्झौताको प्रावधानविपरीत सम्झौता भंग गरेको,’ विज्ञप्तिमा भनिएको छ।



    ओम्नीले २४ वर्षदेखि व्यापार गर्दै आएको पनि विज्ञप्तिमा जनाइएको छ। ओम्नीले ‘यस सम्झौतामा कतै कुनै कमीकमजोरीका कारण हानिनोक्सानी भएको प्रमाणित भए सच्याई आफ्नो दायित्व पूरा गर्न तत्पर रहेको’ जनाएको छ। ‘यस विषम घडीमा निहित स्वार्थ भएका केही तत्त्वको जालोले चलाएको प्रोपोगान्डामा कुनै सत्यता नभएको दृढतासाथ स्पष्ट पार्न चाहन्छौं,’ ओम्नीले भनेको छ। कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार