Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कोरोना महामारी: मृतकको संख्या ६९ हजार नाघ्यो, साढे १२ लाख संक्रमित

    कोरोना महामारी: मृतकको संख्या ६९ हजार नाघ्यो, साढे १२ लाख संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 2.7K
    SHARES

    काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बढेको छ । संक्रमणबाट विश्वभर ६९ हजार बढीको मृत्यु भएको छ ।गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ६९ हजार ४ सय २४ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १२ लाख ७२ हजारभन्दा बढी पुग्दा २ लाख ६२ हजारभन्दा बढी निको भएका छन् ।

    चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि अमेरिका, फ्रान्स, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।



    पछिल्ला दिनमा कोभिड९१९ को इपीसेन्टर बनेको अमेरिकामा २४ घण्टामा थप २५ हजार १९३ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ५५० पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ हजार ६१० छ । गएको २४ घण्टामा अमेरिकामा १ हजार १५९ जनाको मृत्यु भएको छ ।



    इटालीमा १ लाख २८ हजार ९४८ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ८८७ को मृत्यु भएको छ । यसैबीच २१ हजार ८१५ निको भएर फर्किएका छन् । स्पेनमा एक लाख ३१ हजार ६४६ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ६४१ को मृत्यु भएको छ । यसैबीच ३८ हजार ८० निको भएर फर्किएका छन् ।

    त्यस्तै फ्रान्समा ९२ हजार ८३९ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ७८ को मृत्यु भएको छ । यसैबीच १६ हजार १८३ निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म ४७ हजार ८०६ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ९३४ को मृत्यु भएको छ ।

    इरानमा ५८ हजार २२६ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ६०३ को मृत्यु भएको छ । यसैबीच १९ हजार ७३६ निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८१ हजार ६६९ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३२९ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ९६४ निको भएर फर्किएका छन् ।

    नेदरल्याण्डसमा अहिलेसम्म १७ हजार ८५१ जना संक्रमित भएका छन् भने एक हजार ७६६ जनाको मृत्यु भएको छ । जर्मनीमा एक लाख १२३ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ५८४ को मृत्यु भएको छ । यसैबीच २८ हजार ७०० निको भएर फर्किएका छन् ।

    बेल्जियममा १९ हजार ६९१ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ४४७ को मृत्यु भएको छ । यसैबीच ३ हजार ७५१ निको भएर फर्किएका छन् । त्यस्तै स्विटजरल्याण्डमा कुल २१ हजार १०० संक्रमित भएका छन् भने ७१५ जनाको मृत्यु भएको छ । त्यहाँ ६ हजार ४१५ जना निको भएर फर्किएका छन् ।

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार