Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • कोरोना शुरु भएको वुहान पुगे राष्ट्रपति सी

    कोरोना शुरु भएको वुहान पुगे राष्ट्रपति सी

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङ कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको वुहान सहर पुगेका छन्।



    राष्ट्रपति सी मंगलबार बिहान वुहान पुगेका हुन्। उनले त्यहाँ कोरोनाविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी, पार्टीका अधिकारी, सैनिक कमाण्डर, सामाजिक कार्यकर्तालगायतसँग छलफल गर्ने कार्यक्रम रहेको समाचार पिपुल्स डेलीले लेखेको छ ।

    कोरोना भाइरसविरूद्ध राष्ट्रपति सीले जनयुद्ध नै घोषणा गरेका थिए। कोरोना फैलिएपछि उनी पहिलो पटक मंगलबार वुहान पुगेका हुन्।

    चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण कम हुँदै गएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ३ हजार १ सय ३६ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ३ सय ९४ जना बिरामी भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार