Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

    पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १५ असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    पर्सा । जिल्लाको सखुवाप्रसौनी गाउँपालिका-४ देवरवानामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो ।



    रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् ।



    चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार