Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • उपत्यका भित्रिने नाकामा एन्टिजन परीक्षण गर्ने निर्णय कार्यान्वयन भएन

    उपत्यका भित्रिने नाकामा एन्टिजन परीक्षण गर्ने निर्णय कार्यान्वयन भएन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 2K
    SHARES

    काठमाडौँ। राजधानी काठमाडौँ लगायत उपत्यकाका अन्य जिल्लाहरु भित्रिने नाकामा अनिवार्य एन्टिजन परीक्षण गर्ने निर्णय भएको झन्डै एक साता हुन लाग्दा पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको अधिकारीहरूले बताएका छन्।

    यसअघि सरकारले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमण दर बढ्ने क्रममा रहेकोले नाका रहेका स्थानीय निकायलाई कडाइका साथ एन्टिजन परीक्षण र निगरानी बढाउन जिम्मा दिइएको थियो।



    तर स्थानीय निकायले भने नागढुङ्गा, दक्षिणकाली साँगा लगायतका मुख्य नाकामा एन्टिजन परीक्षणका लागि आवश्यक जनशक्तिको प्रबन्ध हुन नसकेकोले उक्त परीक्षणले गति नलिएको बताइएको छ।



    लक्षण नभएका यात्रुको एन्टिजन परीक्षण आवश्यक नरहेको र भारत तथा सीमाक्षेत्रबाट भित्रिएका सवारी साधनका यात्रुलाई विशेष प्राथमिकताका साथ परीक्षण गरिने तयारी रहेको स्वास्थ्य कार्यालयले जनाएको बीबीसीले उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार