मोरङ। गृहमन्त्री रामवहादुर थापा बादलले निर्मला पन्तका हत्यारा चांडै नै पत्ता लाग्ने दाबी गरेका छन्।
यो सरकारले अपराधीलाई संरक्षण नगर्ने वताउँदै उनले केही दिनमाइ निर्मलाका हत्यारा सार्वजनिक गर्ने दाबी गरे।
ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले अबसरबादीहरुले सरकारलाई काम गर्नै नदिएका कारण संसद विघटन भएको दाबी गरे ।
उनले भागरथीका हत्यारालाई पक्राउ गरेर पनि सरकारले हत्या र बलात्कारका घटनालाई कुनै पनि हालतमा छुट नदिएको प्रस्ट पारे।
प्रचन्ड- माधव समूहले गोयबल्स शैली अपनाएर देश कब्जा गर्न खोजेको आरोप लगाए।
अदालतले सरकारको निर्णयलाई सदर गर्ने पनि उनले दाबी गरे ।
Leave a Reply