राजविराज । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् ।
साथै उनले अहिलेको समस्याको समाधान चुनाव वा पुन:स्थापना दुवैले दिन नसक्ने जिकिर समेत गरेका छन् ।
सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने भन्दै निर्वाचनबाट भाग्न नमिल्ने बताए ।
साथै उनले समस्याको समाधान चुनाव वा पुनस्स्थापना दुवैले दिन नसक्ने पनि जिकिर गरेका छन् ।
‘अहिले न चुनाव न त प्रतिनिधिसभाको पुनस्स्थापनले नै निकास दिन सक्छ,’ महतोले भने, ‘मुलुकको समस्याको स्थायी समाधान औपनिवेशिक चिन्तनको अन्त्य भए मात्र हुन सक्छ ।’
Leave a Reply