मोरङ। सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार दिउँसो २ बजे मोरङले बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिकाबाट ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई पक्राउ गरेको हो। ।
बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए ।
बिकको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान, म्याग्जिनमा लोड गरेको अवस्थामा KF 7.65 लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ ।
बिक २०७७ मंसिर २३ गते मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठको हत्याको आरोपी समेत रहेको प्रहरीको भनाइ छ ।
Leave a Reply