Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हत्यामा संलग्न विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

    हत्यामा संलग्न विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हतियारसहित पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ८ माघ २०७७
  • 2.7K
    SHARES

    मोरङ। सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार दिउँसो २ बजे मोरङले बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिकाबाट ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई पक्राउ गरेको हो। ।



    बिक मोरङ जिल्लाका उद्योगी व्यवसायीहरुलाई धम्क्याउँदै चन्दा असुल गर्ने कार्यमा संलग्न हुँदै आएका थिए ।



    बिकको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान, म्याग्जिनमा लोड गरेको अवस्थामा KF 7.65  लेखिएको गोली ३ थान , सिम नभएको ओप्पो कम्पनीको मोबाइल एक थान, कलर्स मोबाइल एक थान र सिमकार्डहरु बरामद गरेको छ ।

    बिक २०७७ मंसिर २३ गते मोरङ मिक्लाजुङ्ग गाउँपालिका वडा नं १ बर्खे बस्ने राजेन्द्र श्रेष्ठको हत्याको आरोपी समेत रहेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार